करका नीतिहरू सुधार गर्छौं : अर्थसचिव पुष्कर

अर्थसचिव कृष्णहरि पुष्करले करका नीतिहरू सुधार गर्ने बताएका छन्।

बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै पुष्करले करका नीतिहरू पुराना भएकाले समय अनकुलको नीतिमा सुधार गरिने बताएका हुन्।

उनले पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या रहेकाले कर प्रणालीमा समेत संकुचन देखिएको बताए। सचिव पुष्करले नेपालमा मात्रै राजस्व संकलनमा चुनौती भएको नभएर विश्वका ठूला राष्ट्रहरूमा समेत चुनौती देखिएको बताए। उनले नेपालको राजस्व संकलन तथा अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको पनि बताए।

सचिव पुष्करले करदाता, कर उठाउने कर्मतचारीको मानसिकता र कर प्रणालीका प्रविधिहरु परम्परागत भएकाले समयअनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर