एउटा वडाको मत गन्न बाँकी रहँदा विवाद भएपछि इलाम २ मा गणना रोकियो

इलाम क्षेत्र नं. २ को मतगणना अन्तिम समयमा आएर रोकिएको छ।

कडा प्रतिस्पर्धा देखिएको यस क्षेत्रमा इलाम नगरपालिका १ को मतगणना भइरहँदा विवाद उब्जिएपछि गणना रोकिएको हो।

यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ।

बाँकी सबै क्षेत्रको मत गणना भइसक्दा नेम्वाङ १३० मतले अगाडि छन्।

निर्वाचन अधिकृतको हस्ताक्षरबिनाको ४० वटा मतपत्र भेटिएको भन्दै कांग्रेसले विरोध जनाएपछि मतगणना रोकिएको हो। मतगणनास्थलमा कांग्रेस समर्थकले नाराबाजी गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर