इलाम मतगणना अपडेट : २८ सय बढी मतले सुहाङको अग्रता, रास्वपा चौथोमा

इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सुहाङले ९ हजार ४८४ मतसहित अग्रता कायम गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६३१ मतले पछ्याइरहेका छन् ।

सुहाङ र डम्बरबिच २ हजार ८५३ मतान्तर रहेको छ । त्यसै गरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ९५१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४०१मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर