स्रोत नखुलेको करिब १४ लाख नगदसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको करिब १४ लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

विमानस्थलको आन्तरिक उडानतर्फबाट स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित भारत घर भएका अकबाल अलीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

बुद्ध एयरको उडानद्वारा विराटनगर जान लागेको अवस्थामा विमानस्थलमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट १ हजार दरका ४ सय ८४ थान र ५ सय दरका १ हजार ८ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रुपैयाँ नगद बरामद भएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *