निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै बागलुङका एसपी ज्ञवालीलाई सम्मान

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवाली सम्मानित भएका छन्।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले एसपी ज्ञवालीलाई सम्मान गरेको हो।

निर्वाचनमा उत्कृष्ट व्यवस्थापन र शान्ति तथा सुव्यवस्था कायम गर्ने कार्यमा कुशलता एवं इमानदारितापूर्वक जिम्मेवारी निर्वाह गरेकाले एसपी ज्ञवालीलाई सम्मान गरिएको सम्मान प्रदायक कार्यालयहरूले जनाएका छन्।

एसपी ज्ञवालीलाई प्रशंसापत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकाल।

एसपी ज्ञवालीलाई मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्ट र प्रमुख जिल्ला अधिकारी रमेश ढकालले छुट्टाछुट्टै प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नं. बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र २ बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर