काठमाडौंमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी सुरु

काठमाडौंमा ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ ।

नेपाल कला परिषद र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा आइतबारबाट सो प्रर्दशनी सुरु भएको हो । परिषद भवनमै नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले उद्घाटन गरेको प्रर्दशनी यही मंसिर २५ गतेसम्म चल्नेछ ।

प्रर्दशनीको मुख्य उद्देश्य नेपालको हिन्दू धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषदका अध्यक्ष सागरशमशेर जबराले बताए । प्रर्दशनीमा १५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ ।

प्रर्दशनीमा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंलाई कलाहरुको हर्वको रुपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताइन् । उनले नेपालको कला क्षेत्रको विकासका लागि काठमाडौं महानगरपालिकाले नेपाल कला परिषदसँग मिलेर काम गर्न सुरु गरेको समेत बताइन् ।

प्रर्दशनीमा १६० जना कलाकाहरुले बनाएका कलाकृतिहरु राखिएका छन् । नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको रहेको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठीहरुसमेत हुनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर