सिरहामा हत्या अभियोगमा दुई जना पक्राउ

हत्या अभियोगमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा बरियारपट्टी गाउँपालिका–१ बडहरी टोलका ४८ वर्षीय दीपु भन्ने दीपेन्द्रकुमार यादव र सोही स्थानका ४२ वर्षीय अजयकुमार साह छन्।

बरियारपट्टी गाउँपालिका–१ नरगी टोलका ३२ वर्षीय रामशंकर यादवको हत्या गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मंसिर ९ गते बडहरी टोलस्थित नरगी-बडहरी सडकखण्डमा जिल्ला रामशंकरको शव फेला परेको थियो। घटनाको प्रारम्भिक अनुसन्धानमा दीपेन्द्र र अजयले उनको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

पक्राउ परेका उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गराएर थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *