महासंघको नेतृत्वमा बैंकर्स आए पनि बैंकलाई प्राथमिकतामा राखेको छैन : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्वमा बैंकर्स आए पनि बैंकलाई प्राथमिकतामा नराखेको बताएका छन्।

मंगलबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नेतृत्वमा बैंकर आएर बैंकलाई प्राथमिकता दिएको भन्ने विषय सत्यता देखिए पनि बाहिर हल्ला आएको जस्तो नभएको बताएका हुन्।

उनले महासंघको नेतृत्वमा बैंकका अध्यक्ष तथा पदाधिकारी भएकाले बैंकको पक्षमा महासंघ रहेको भन्ने हल्ला गलत भएको बताए। उनले ३ वर्ष पहिले महासंघको चुनावमा आउँदै गर्दा चुनावी नाराको रुपमा अगाडि सारिएको विषय मात्रै भएको दाबी गरे।

उनले आफू नेतृत्वमा आउनुभन्दा ३ वर्ष पहिला महासंघको नेतृत्वको विषयमा यस्तो विषय कहिल्यै नआएको बताए। उनले बैंकको सञ्चालक भए पनि बैंकबाट आउने फाइदाभन्दा उद्योग व्यवसायबाट बढी फाइदा हुने गरेको बताए। ढकालले बैंकको सञ्चालक वा अध्यक्ष हुनुभन्दा व्यावसायी वा व्यापारी हुँदा फाइदा धेरै हुने भन्दै बैंकलाई तिर्ने ब्याज, प्रिमियमसमेत बढी नै तिर्ने बताए।

उनले महासंघमा लागेपछि बैंक तथा वित्तीय संस्थाको फाइदा हुनेगरी काम नगरेको दाबी गर्दै चुनावमा आफूले बैंक तथा वित्तीय संस्थाको सपोर्ट नगर्ने नारा अघि सारेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *