आमनिर्वाचन-२०७९

बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने आयोगको निर्णय, मतगणना थाल्न निर्देशन

निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ को मतगणना सुरु गर्ने निर्णय गरेको छ। आज बसेको आयोगको बैठकले मतगणना गर्ने निर्णय गरेको हो।

आयोगले मतगणना सुरु गर्नसमेत निर्देशन दिएको छ।

धाँधलीको आरोप लगाउँदै नेकपा एमालेले बाजुरा र स्याङ्जा २ मा पुनःमतदान गर्नुपर्ने माग राखेपछि मतगणना हुन सकेको छैन।

मतगणना रोकिएको दोलखामा भने विवादित स्थानमा भोलि पुनः मतदान हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर