चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन्।

बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका हुन्।

गभर्नर अधिकारीले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीति संसोधन गर्न तयार रहेको बताए। उनले उद्योगीको मागअनुसार चालु पुँजी कर्जासम्बन्धी नीति फिर्ता भने हुन नसक्ने संकेत गरे।

गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्नका लागि राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए। उनले चालु पुँजी कर्जा नीतिका विषयमा सबै सरोकाबारवालाहरु वहस गर्न तयार रहेको भन्दै सरोकारवालाहरु भने अनुशासनमा बस्नुपर्ने बताए। उनले राष्ट्र बैंकले लामो छलफल गरेर चालु पुँजी कर्जासम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको बताए। उनले संविधानमा व्यवस्था भएका नीति समेत संशोधन हुन्छ भने सरकारले ल्याएको नीति संशोधन नहुने भन्ने विषय नभएको बताए।

उनले अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको बताए। गभर्नर अधिकारीले रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने बताए। उनले आयात रोक्दा राजस्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैँ रोकेर साध्य पनि नहुने बताए।

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मक रुपमा सुधार हुँदै सहज अवस्थामा आएको बताए। उनले पछिल्लो तीन महिनामा शोधानान्तर बचतमा गएको बताए। उनले तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजिरहेको बताए।

गभर्नर अधिकारीले अर्थतन्त्रमा अझै केही समस्या रहेको स्वीकार गरे। उनले मुलुककै आन्तरिक कारण मात्र नभएर वाह्य कारणले अर्थतन्त्रमा दबाब रहेको बताए। गभर्नर अधिकारीले दक्षिण एशियाली मुलुक भारतबाहेक अन्य मुलुकहरुभन्दा नेपालको अर्थतन्त्र राम्रो रहेको बताए।

उनले राष्ट्र बैंकलाई करिब अडाई खर्बको विदेशी मुद्रा सञ्चिति गर्न ५५ वर्ष लागेकोमा पछिल्लो एक वर्षमा नै २.३४ अर्बको विदेशी मुद्रा गुमाउनु परेको बताए। उनले राष्ट्र बैंकले लिएका नीतिका कारण पछिल्लो ३ महिनामा गत वर्षको तुलनामा १ खर्ब शोधानान्तर स्थितिमा सुधार भएको बताए। उनले बजारमा देखिएको तरलता अभाव बिस्तारै सुधार हुँदै जाँदा उच्च रुपमा वृद्धि भएको ब्याजदरमा करेक्शन हुने विश्वास लिएको बताए।

उनले कोरोना महामारीको क्रममा दिइएको सहुलियतका साइड इफेक्टहरु अहिले अर्थतन्त्रमा देखिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर