आमनिर्वाचन-२०७९

बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका पाण्डे निर्वाचित

बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गरेका हुन् ।

राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधि सभा सदस्यमा पहिलोपटक निर्वाचन जितेका हुन् । उनी विसं २०७० मा तत्कालीन संविधान सभा सदस्य तथा २०७४ मा राष्ट्रिय सभा सदस्य थिए ।

जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर