घुससहित रंगेहात समातिएका तीन मुद्दामा विशेषको सफाइपछि सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात समातिएका तीनवटा मुद्दामा विशेष अदालतले सफाइ दिएपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

कसुर पुष्टि हुने पर्याप्त प्रमाण हुँदाहुँदै सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सोमबार सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

पुनरावेदन गरिएका मुद्दामा ९६ हजार ३०० रुपैयाँ बिगो कायम गरिएको एक, १५ हजार रुपैयाँ बिगो कायम गरिएको एक र १० हजार रुपैयाँ बिगो कायम गरिएको एकवटा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर