सिँचाइको पानीले ‘विवाह भोज’ पकाउँदा…

पाल्पाको चिर्तुङधारा गाउँमा विवाह भोजमा सिँचाइको पानीले पकाएको भोज खाँदा भोज खानेहरू बिरामी भएको खुलेको छ।

उक्त भोजमा १३८ जनाभन्दा बढी बिरामी परेका थिए। अनुसन्धानले विवाह भोजमा सिँचाइको पानी उपयोग भएको र सोही पानी उपयोगका कारण विवाह भोजमा सहभागीहरू बिरामी भएको खुलाएको हो।

बगनासकाली गाउँपालिका–१ चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका भोजमा सहभागीरू बिरामी परेका हुन्।

मंसिर १७ गते शनिबार चिर्तुङधारास्थित विवाहमा भोज खाएकाहरू बिरामी परेको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिअहेव अधिकृत नोदप्रसाद बस्यालले जानकारी दिए।

बिरामी भएकाहरूलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको थियो। प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती गएकाहरू बिरामी परेका हुन्।

दुवै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयबाट परिचालित टोलीले बिरामी परेकाहरूको स्वास्थ्य जाँच गर्दा यो तथ्य खुलेको हो। अहिले सबैको स्वास्थ्य अवस्था सामान्य छ। भोजमा प्रयोग भएको पानी  परीक्षणका लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनी पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर