के गणेश कार्कीले रास्वपा त्यागेका हुन्?

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी परित्यागको संकेत गरेका छन्। समानुपातिक सांसदको सूचीमा आफू नपरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग आशयको स्ट्याटस फेसबुकमा लेखेका छन्। उनले १२ क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको र त्यसमा आफू र अर्का केन्द्रीय सदस्य दीपक बोहोरा खुलातर्फ क्रमशः दोस्रो र तेस्रो नम्बरमा रहे पनि आफ्नालाई काखी च्यापेका कारण सांसद सिफारिस हुन नसकेको बताएका छन्।

रास्वापाले आज १३ जना प्रतिनिधि सभा समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। आकांक्षी रहेका कार्कीको नाम भने त्यसमा छैन। सांसद सिफारिसपछि फेसबुकमा कार्कीले लेखेका छन्, ‘म नि झन्डै सांसद भएको थिएँ। हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए। किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो। म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दीपक बोहोरा तेस्रो नम्बरमा थियौँ। समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पु¥याउने गरी महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो। विधि त्यही हो। त्यही अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनुपर्ने हो। यसैले मेरो र दीपकजीको सांसद हुने पक्कापक्की नै हो। तर आफ्नालाई काखी च्यापियो।’

उनले थिति र विधि बसाउन अन्तिमसम्म प्रयास गरे पनि पार्टीलाई दुरुपयोग हुनबाट बचाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन्।

यस्तै उनले रास्वपालाई समर्थन गर्ने वा नगर्ने विषयमा स्वविवेकले निर्णय लिन आग्रह गरेका छन्।

उनको स्टाटस जस्ताको तस्तै :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *