मुलुकमा कायापलट ल्याउन तीन तहकै सरकारले आ-आफ्ना दायित्व पूरा गर्नुपर्छ : माधव नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन्।

उनले तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारे। उनले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने बताए।

उनले भने,‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नुपर्दछ। एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन। गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दै । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन। त्यो स्पष्ट छ। संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सकून्। सबै पालिकामा जनताले केके न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ। महिला हिंसामुक्त पालिका होस। छुवाछुत मुक्त मेरो पालिका हुन्। सबै जाति समुदायको माझमा सामाजिक सदभाव कायम राखेको पालिका हाम्रो होस्। त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने हो गरी काम गर्नुपर्दछ।’

अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सवल ढंगले काम गर्ने विश्वास समेत व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर