बूढानीलकण्ठमा खुल्यो नेपाल एसबीआई बैंकको शाखा

नेपाल एसबीआई बैंक लिमिटेडले काठमाडौंको बूढानीलकण्ठमा नयाँ शाखा विस्तार गरेको छ ।

शाखाको मंगलबार बैंककी अध्यक्ष जयती बन्सलले उद्घाटन गरेकी हुन् ।

उद्घाटन समाराेहमा निर्देशक पिनाकीनाथ बनर्जी, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, उपमहाप्रबन्धक प्रियरञ्जन, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त नयाँ व्यवसाय प्रवर्द्धन सल्लाहाकार छपिराज पन्त, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरूको उपस्थिति थियो ।

बैंकले आफ्ना ९१ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय र १ कर्पोरेट कार्यालयका साथै १३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर