फेरिएका प्रतिनिधि, नफेरिएको काठमाडौं (फोटो फिचर)

प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबीच रस्साकस्सी छ । कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरू छन् । आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरूजिल्लावासीहरूसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन् । अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ । आम जनताहरू देश विकासमा राजनीतिक दलहरूले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरूको उदय भएको छ । जनताले विकास चाहेका छन् त्यो पनि तीव्र गतिमा । तर, राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन ।

अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरू आशावादी छन् । तर, निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन । जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापनबिनाको विकास निर्माण दिगो हुन सक्दैन । त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ ।

प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ । तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरू धेरै भेटिन्छन् । मर्मतसम्भारका लागि सुरु गरिएका ठाउँहरूमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरूको खासै चासो देखिँदैन । न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् । न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाइको काम भएको छ । एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरूले खासै चासो दिएको देखिँदैन । आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ । तर, अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरूले जनतालाई झुटो आश्वासनहरू दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरूको भविष्य धरापमा पर्ने निश्चित छ । आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका अस्तव्यस्त काठमाडौंका यी तस्बिरहरू :

धुलाम्मे भैसेपाटी सडक ।

गोगबु विष्ण्ुमती किनारमा बनाइएको टहरा ।
गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ ।
मानभवन सडकमा फ्याकिएको ट्राफिक बोर्ड ।
लुभुको बीच सडकमा टेलिफोन र इन्टरनेट तारको पोल ।
नयाँ सडकमा मोटर साइकल पार्क गरिदै ।
सातदोवाटो लगनखेल सडकमा फ्किएको माटो ।
सिहदरवारको पश्चिम ढोका अगाडिको झुपडी ।
वालकुमारी सडकमा दुर्घटनापछि बाँचिएको डिभाइडरको डण्डी ।
तीनकुने पार्कमा फ्याकिएको फोहोर ।
टुडिखेलमा राखिएको निर्माण सामाग्री ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *