नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) देवकीलाल चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सीमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत सई चौधरीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

सई चौधरीलाई अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले असोज ७ गते ४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

धनुषाको नगराइन नगरपालिका–२, जटहीस्थित पसलका सञ्चालकसँग पसल सञ्चालन गर्न महिनावारी रूपमा रकम दिनुपर्ने अन्यथा पसल सञ्चालन गर्न नदिने धम्की दिँदै घुस लिएको उजुरीका आधारमा उनी पक्राउ परेका थिए।

अनुसन्धानको क्रममा सई चौधरीले आफ्नो कार्यालयको मोटरसाइकल बनाउने बहाना गरी व्यवसाय सञ्चालन गरेबापत गैरकानूनी रूपमा असोज १७ गते ४ हजार रुपैयाँ सोभन्दा अगाडि ५ हजार रुपैयाँ गरी जम्मा ९ हजार घुस लिएको खुलेको छ।

सई चौधरीविरुद्ध अख्तियारले ९ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो जफतसमेतको मागदाबी लिएर आरोपपत्र दर्ता गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर