पुराना पार्टीहरूलाई खबरदारी गर्न राप्रपा संसद्मा आएको हो : पशुपतिशम्शेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसद्मा आएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्मा आएको बताएका हुन् ।

उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने बताए । ठूला पार्टीहरूसँग काम गर्ने शक्ति पनि नभएको उनले बताए । उनले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसद्बाट देखाउने बताए ।

जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्नसक्ने बताए । उनले आफूहरूले भोलिको नेपाल कस्तो हुनसक्छ भन्ने कुरा संसद्मा प्रदर्शन गरेर देखाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *