झापामा मृत भेटिए दम्पती

झापामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । मेचीनगर नगरपालिका– १३ स्थित चारआली जंगलमा एक दम्पतीको शव फेला परेको हो ।

अर्जुनधारा नगरपालिका–११ का ५२ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बु र उनकी श्रीमती मृतावस्थामा भेटिएका हुन् । श्रीमतीको सनाखत हुन सकेको छैन ।

उनीहरूको शव सडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

डीएसपी महतोका अनुसार श्रीमान झुन्डिएको र श्रीमती भुइँमा लडेको अवस्थामा भेटिएका हुन् ।

उनीहरूको शवको प्रकृति हेर्दा कम्तीमा १० दिनअघि मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटना आत्महत्या वा अरू के कारणले भएकाे हो भन्ने खुल्न बाँकी छ ।

प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल र डोरी फेला पारेको छ। सोमबार दिउँसो साढे २ बजे जंगलभित्र घाँस दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डीएसपी महतोको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दुवै शव कुहिएकोले प्रहरीलाई सनाखत गर्न समस्या परेको थियो । मृतकका दाजुले शवको पहिचान गरेका थिए । कानूनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर