गठबन्धन बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड, ओली भेट्न बालकोट जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक छाडेर निस्किएका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि उनी बालुवाटारबाट बाहिरिएका हुन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन्।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा र प्रचण्ड छलफल गरेका थिए।

तर दुवै नेताले पहिलो कार्यकालमा आफू प्रधानमन्त्री हुन चाहेपछि सहमति हुन सकेको छैन।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *