काठमाडौंमा ६ महिनामा १५५ अपराधी समातिए

प्रहरीले काठमाडौंमा ६ महिनाको अवधिमा विभिन्न आपराधिक गतिविधिमा संलग्न १५५ जनालाई कानूनी कारबाहीको दायरामा ल्याएको छ।

चालु आर्थिक वर्ष २०७९/०८० को साउन १ गतेदेखि पुस ११ गतेसम्मको अवधिमा उक्त संख्याका अपराधीलाई पक्राउ गरी कारबाहीकाे दायरामा ल्याइएकाे जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

परिसर प्रमुख एसएसपी भरत बोहराका अनुसार विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएकोमा फरार रहेका उनीहरूलाई पक्राउ गरी अदालत पेस गरिएको हो।

यी अपराधीबाट ६ महिनामा २९ वर्ष ५ महिना ६ दिन कैद भुक्तान र २ करोड ९४ लाख ४९ हजार ७५६ रुपैयाँ जरिवाना असुल गराइएको छ।

पुस महिनामा मात्रै ८५ जना प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको र यस अवधिमा उनीहरूबाट १४ वर्ष ५ महिना ५ दिन कैद भुक्तान र ५४ लाख ५७ हजार ४५७ रुपैयाँ जरिवाना असुल भएको एसएसपी बोहराले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर