एमालेप्रति झलनाथ खनालको कटाक्ष, ‘सरकारमा प्रतिगमनकारी पनि छन्’

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी) अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताए । उनले अहिलेको सरकारमा वामपन्थीहरूको नेतृत्व भए पनि खुट्टा अर्कैले टेकेको बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरू सामेल रहेको बताए ।

उनले भने, ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौं । यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडीजस्तो छ । वामपन्थीहरूको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरू छन् । प्रतिगमनकारी, पुनःउत्थानवादी केके हुन् त्यस्ता छन् । उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन । झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन । उनीहरूले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौं ’

सम्मानित नेता खनालले आफ्नो पार्टी सधैं वामपन्थी एकताको पक्षमा रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर