११ हजार घुस लिएको अभियोगमा जिल्ला प्रशासन पर्साका कम्प्युटर अपरेटरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग ११ हजार रुपैयाँ बराबरको घुस लिएको पाइएको अख्तिायरको दाबी छ । आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

आयोगका अनुसार अपरेटर यादवले दुई पटक गरी ११ हजार रुपैयाँ बराबरको घुस लिएको पाइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आरोपितलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *