मुम्बई एयरपोर्टमा ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोडभन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ । छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

हेरोइन कागजातको फोल्डर कभरमा लुकाइएको थियो भने कोकेन कपडाको बटनमा लगाइएको पाइएको छ ।

दुई छुट्टाछुट्टै घटनामा ३१.२९ करोड मूल्यको ४ दशमलव ४७ केजी हेरोइन र १५ अर्ब ९६ करोड मूल्यको १.५९६ केजी कोकिन बरामद गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर