१५ पटक मतदानपछि अमेरिकी संसद्ले पायो नयाँ सभामुख

अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कंग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।

क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका हन् । यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो ।

कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटककोसम्म गरिएको परिणामविहीन मतदानपछि यो नतिजा आएको हो ।

डेमोक्य्राटटहरूले भने न्युयोर्कका डेमोक्य्राट कंग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर