कांग्रेस सरकार ढाल्न अधिकतम प्रयास गरिरहेकाे छ : ओली

सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसद्मा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

नेपालीहरूको बलजफ्तीमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएको भन्दै त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरूले २६ गते एक मिनेट पनि ढिला नगरी संसद्मा उपस्थित हुनुपर्नेतर्फ आलीले सचेत गराएका हुन् ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरूको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पनि बताए । अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढतासमेत व्यक्त गरे ।

उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस् भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे । ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर