नेपाल आइपुगे नयाँ चिनियाँ राजदूत

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आइपुगेका छन्।

कार्यभार सम्हाल्न उनी आइतबार काठमाडौं आएका हुन्। उनी नेपालका २२औं चिनियाँ राजदूत हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले उनलाई स्वागत गरेका छन्।

नेपाल मामिलाका जानकार रहेका चीनका वरिष्ठ कूटनीतिज्ञमध्येका एक चेन चिनियाँ विदेश मन्त्रालयको एशिया मामिला हेर्ने उपमहानिर्देशक हुन्। उनले नेपाल र अफगानस्तानसहित दक्षिण एशियाली मुलुकहरू हेर्दै आएका छन्।

चेनले नेपालमा होउ यान्छीको स्थान लिनेछन्। नेपालमा राजदूतको रूपमा चार वर्षे कार्यकाल सकेर यान्छी गत २५ अक्टोबरमा स्वदेश फिर्ता भएकी थिइन्। उनी डिसेम्बर २०१८ मा नेपालका लागि चिनियाँ राजदूत नियुक्त भएकी थिइन्।

उनको कार्यकालमा सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले राजकीय नेपाल भ्रमण गरेका थिए। त्यसबाहेक उनको कार्यकालमा नै नेपाल र चीनबीच महत्त्वपूर्ण सम्झौता र भ्रमणहरूसमेत भएका थिए।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर