सेना र सञ्चार जगतबीचको सम्बन्ध मजबुत बनाउन ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’

नेपाली सेनाको हेटौंडास्थित मध्य पृतना हेडक्वार्टरमा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओपी)’ आइतबारदेखि सुरु भएको छ। पृतनापति उपरथी होमनाथ दवाडीले अभिमुखकीकरण कार्यक्रमको शुभारम्भ गरेका हुन्।

नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रूपमा अगाडि बढाउने हेतुले अभिमुखीकरण आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। ६ दिनसम्म सञ्चालन हुने अभिमुखीकरण पुस २९ गते सकिने छ।

अभिमुखीकरण कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २० जना संवाददाताहरूको सहभागिता रहेको छ। नेपाली सेनाको सांगठनिक स्वरूप, भूमिका, जिम्मेवारी तथा नेपाली सेनासम्बन्धी अन्य विविध विषयमा जानकारी दिने एवं समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना भएको हो।

शुभारम्भ कार्यक्रममा मध्य पृतना हेडक्वार्टरका रथी तथा अधिकृत, जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारी, नं.७ बाहिनीपति सहायक रथी लिलाबहादुर खनाल, रक्षा मन्त्रालयका प्रतिनिधि उपसचिव रामेश्वर पोखरेलको उपस्थिति रहेको थियो ।

उक्त अभिमुखीकरण कार्यक्रममा संवाददाताहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रस्तुतीकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै मकवानपुरगढी, निर्माणाधीन एकीकरण स्मृति उद्यान तथा पर्सा राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमणसमेत गराउने योजना रहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर