रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको बताए । उनले बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्यूनतम साझा कार्याक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएको बताए ।

उनले न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दाहरू स्थापित भएको बताए ।साथै बैठकमा नवनिर्वाचित सांसदहरूले आफ्नो गृहजिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराएको बताए ।

सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमबार बिहान १० बजे पुनः बस्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर