अहिलेको राजनीतिक संस्कृतिले संघीयता बचाउन सकिँदैन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने ठाउँमा भएका कारखानाहरूलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताए। उनले अहिले देशमा मन्त्री, सांसद बन्न कारखाना खोल्ने काम भइरहेको बताए।

उनले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरू मूल्य चुकाएर भए पनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको बताए। उनले निर्वाचन लडिनसक्नु रहेको भन्दै यो अवस्था अहिलेका राजनीतिक दलहरूले सिर्जना गरेको बताए। उनले राजनीतिक पार्टीहरूप्रति, नेता, सांसद, मन्त्रीहरूप्रति जनताको आस्था नरहेको बताए।

अध्यक्ष केसीले न्यायलयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबै कुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताए। उनले नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकारजस्तो भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर