सत्तामा जाने रुचि छैन, विश्वासको मतबारे भोलि निर्णय हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तामा जाने रुचि नभएको बताएका छन्।

सोमवार संसद् बैठकपछि संसद्बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताएका हुन्। उनले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलबार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताए।

उनले आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरूसँग सहकार्य र एकताका लागि छलफल र संवादलाई खुला राखेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर