सेनानी प्रवीण उप्रेतीको कमाण्डमा २१४ जना शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

नेपाली सेनाले सेनानी प्रवीण थापाको कमाण्डमा २१४ जना शान्ति सैनिकहरूलाई दक्षिण सुडान पठाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि खटिने क्रममा सोमबार उनीहरू दक्षिण सुडानमा संयुक्त राष्ट्र मिशन (यूएनमिश)का लागि मिशन इलाका प्रस्थान गरेका हुन्।

मिशनमा तैनाथ चन्दननाथ गण आठौं डफ्फाका २१३ जना शान्ति सैनिकहरूको कार्यावधि सकिएसँगै त्यसलाई बदली गर्नका लागि वीरदल गण नवौं डफ्फाका शान्ति सैनिक दक्षिण सुडान गएका हुन्।

प्रमुख सेनानी राजन दाहालको कमाण्डमा खटिएको यसै गणका ६३६ जना सकलर्दजाहरू भने यस अगावै मिशन इलाका पुगिसकेका छन्।

यस्तै मिशनमा तैनाथ चन्दननाथ गण आठौं डफ्फाका २१३ जना शान्ति सैनिकहरू सेनानी रेखराज श्रेष्ठको नेतृत्वमा सोमबार नै स्वदेश फर्किएको सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर