८.२५ प्रतिशत नगद लाभांश पारित गर्दै एनएमबी बैंकको २७औं वार्षिक साधारण सभा सकियो

एनएमबी बैंकको २७ औं साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा साधारण सभा आयोजना भएको थियो।

एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानसभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो। सो साधारण सभामा बैंकका शेयरधनीहरूले आ–आफ्नो विचार राखेका थिए।

साधारण सभाले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ। बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर