विराटनगरमा स्रोत नखुलेको ७ लाख नगदसहित एक जना पक्राउ

विराटनगरमा स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–१८ का ३६ वर्षीय रविप्रकाश साह छन्। उनी बुुधबार दिउँसो विराटनगर–७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट पक्राउ परेका हुन्।

पक्राउ परेका उनको साथबाट सो नगदसहित वभिन्न बैंकको एटीएम कार्ड १४ थान, चेक ९ थान पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। उनले प्रयोग गरेको को.२४ प ७९८४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *