जनशक्ति अभावमा विदेशस्थित नेपाली दूतावासले आवश्यक काम गर्न सकेनन् : परराष्ट्रसचिव

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरू गर्नै अफ्ठ्यारो भएको गुनासो आइरहेको बताएका छन्। बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विदेशस्थित नेपाली दूतावासहरू नेपालबाट वैदेशिक रोजागारीमा जानेहरूको समस्या समाधान गर्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्तिबिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा आर्थिक आयामका बारेमा काम गर्न नसकिने अवस्था रहेको बताए। उनले विदेशस्थित नेपाली दूतावासहरू सानो क्षमताका भएकाले क्षमताको विकास गरी आगामी दिनमा संरचनाहरूको सुधार हुन जरुरी रहेको बताए।

उनले नेपालजस्तै रोजगारीका लागि आफ्ना नागरिक विदेश पठाउने देशहरूको समेत दूतावासको क्षमता बढिरहेको बताए। उनले नेपालभित्र नै रोजगारीको अवस्था सिर्जना गर्न सक्नुपर्ने बताए। उनले नेपालभित्रै लगानीको वातावरण बनाउनुपर्ने र लगानीमैत्री वातावरण बनाएको खण्डमा मात्रै नेपालले आर्थिक विकास गर्न सफल हुने बताए। उनले उत्पादन नगरेसम्म निर्यात गर्न नसकिने भन्दै नेपालमा गुणस्तरीय उत्पादन गर्ने परिस्थितिको सिर्जना गर्न राज्यले सक्नुपर्ने बताए।

सचिव पौड्यालले नेपालले पछिल्लो समय चियाको निर्यात बढाउँदै गएको पनि बताए। उनले नेपालका व्यापारीहरूले नै पछिल्लो समयमा विदेशबाट चियाको माग बढी आइरहेकाले माग परिपूर्ति गर्नसक्ने वातावरण सरकारले बनाइदिनुपर्ने गुनासो गरेको बताए।

सचिव पौड्यालले पछिल्लो समय नेपालबाट चियाका साथै हस्तकला र आईटीका सामग्रीहरूको माग विदेशमा बढिरहेको बताए। निर्यात बढाउन सरकारले नीतिगत कुराहरूमा सहयोग गरे राम्रो हुने उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर