संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्नुपर्ने कानून सबै बनिसकेको वा नसकेको विषयमा अध्ययन गर्ने भएको छ। समितिका सभापति डा. वेदुराम भुसालको सभापतित्वमा बिहीबार बसेको बैठकले संविधानअनुसार बन्न बाँकी कानूनको पहिचान गर्न सांसद विमला राई पौडेलको संयोजकत्वमा उपसमिति बनाउने निर्णय गरेको छ।

समितिका सदस्यहरूमा उदयबहादुर बोहरा, नारायणदत्त मिश्र, भैरवकुमार श्रेष्ठ र सुरेशकुमार आलेमगर रहेका छन्। बैठकले समितिको निर्देशन कार्यान्वयनको अवस्था अध्ययन अनुगमनसम्बन्धी सांसद देवेन्द्र दाहालको संयोजकत्वमा उपसमिति बनाएको छ।

उक्त उपसमितिमा अनिता देवकोटा, खिमलाल देवकाटा, गंगाकुमारी बेल्वासे र प्रमिला कुमारी सदस्य रहेका छन्। बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि सुझाव लिने कामसमेत गरिएको समितिका सचिव मनोजकुमार गिरीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर