विमान दुर्घटनाको उद्धारमा खटिन स्थानीय पार्टी संयन्त्रलाई सभापति देउवाको निर्देशन

नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारमा खटिन नेपाली कांग्रेसका स्थानीय पार्टी संयन्त्रलाई निर्देशन दिएका छन्।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएलगत्तै सामाजिक सञ्जालमार्फत देउवाले उद्धारमा खटिन नेपाली कांग्रेस कास्कीको पार्टी संयन्त्रलाई निर्देशन दिएको बताएका छन्।

देउवाले उद्धारलाई प्रभावकारी बनाउँदै आवश्यक सबै प्रक्रिया अविलम्ब सुरु गर्न नेपाल सरकारसँग मागसमेत गरेका छन्। ‘यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खबरले स्तव्ध भएको छु। यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रूपमा उद्धार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछु’, देउवाले भनेका छन्, ‘साथै उद्धारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *