मन्त्रिपरिषद् विस्तारपछि बालुवाटारमा सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ।

आफूलाई विश्वासको मत दिने सबै दलहरूलाई प्रधानमन्त्री प्रचण्डले बैठकमा बोलाएका हुन्। बैठकमा सभामुख निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक छन्। यस्तै नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल छन्।

यस्तै बैठकमा एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्लुख खान छन्। यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन्।

यसअघि प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *