डा. सन्दुक रुइतले भने, ‘राष्ट्रपति पद मेरो लागि होइन’

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नभएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन्।

उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरू धेरै रहेको बताए। उनले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरू रहेको पनि बताए।

हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उनले बुधबार पत्रकार सम्मेलन गरेका हुन्। इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए।

डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रूपमा इशा अवार्डलाई हेरेको बताए।

उनले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्नेबारेमा आफूले ध्यान दिइरहेको पनि बताए। उनले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर बिस्तार गर्न आवश्यक रहेको पनि बताए।

डा. रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने कुरा नियालिरहेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *