राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने बताएका छन्।

बिहीबार सभामुख चुनावपछि संसद्बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोसिस जारी राख्ने बताएका हुन्।

उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए। उनले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए।

उनले सत्ता साझेदार दलहरू सबै एक ठाउँमा उभिएको बताए। उनले सत्ता साझेदार दलहरू एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर