आठौं संस्करणको प्रधानसेनापति खुला म्याराथन माघ अन्तिम साता

नेपाली सेनाले महाशिवरात्री र आफ्नो सेना दिवसको अवसरमा आठौं संस्करणको प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता गर्ने जनाएको छ।

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो। प्रतियोगितामा खुला पुरुषतर्फ मात्र म्याराथन आयोजना हुनेछ। हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको छ।

यस्तै प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ। म्याराथनको विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म हासिल गर्ने सबैले नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा सहभागिताका लागि निःशुल्क दर्ता फाराम भर्न पाइनेछ।

यसै कार्यक्रमकाबीच आर्मीको महिला तथा पुरुष भलिबल टोलीलाई एभरेष्ट बैंकले खेलकुद पोसाक प्रायोजनका लागि सम्झौता गरेको छ। आर्मीको तर्फबाट केन्द्रपति महासेनानी मुना बस्नेत र एभरेष्ट बैकका नायब महाप्रबन्धक सन्तोषकुमार भट्टराईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापश्चात् बैंकले भलिबल टोलीलाई १० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको हो। उक्त रकम आर्मीको भलिबल टोलीको विकासका लागि प्रयोग गरिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर