सशस्त्र प्रहरीका ४ एसपीको काज सरुवा

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ४ जना उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ।

सशस्त्रको मुख्यालय हल्चोकले बिहीबार उनीहरूको काज सरुवा गरेको हो।

एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौंमा कार्यरत एसपी रमेशकुमार पाण्डेको पाथीभरा जवान तालिम शिक्षालय, झापा, नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा कार्यरत एसपी टोपबहादुर खनालको दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा काज सरुवा भएको छ।

यस्तै प्रधान कार्यालय मानवस्रोत विभागका एसपी दलबहादुर पाण्डेलाई बडिमालिका जवान तालिम शिक्षालय, कैलाली र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका एसपी सशीलकुमार शाहीलाई नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङमा काज खटाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर