अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सबै निकायको साथ चाहिन्छ : अर्थमन्त्री पाैडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन्।

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतीको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामर्थ्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताएका हुन्।

उनले अर्थ मन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन, आर्थिक मितव्ययिता,खर्च कटौती,सुविधा कटौती गर्ने अवस्थामा रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले बजेटको मध्यावधि समीक्षा गर्ने बेलामा समेत राजस्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गरे। उनले गत आर्थिक वर्षमा यही समयमा भएको राजस्व संकलन बराबरको समेत हुन नसकेको बताए।

उनले मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताए। अर्थमन्त्री पौडेलले साधरण खर्च लिमिटभन्दा माथि भएको भन्दै पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए।

उनले बजेटको मध्यावधि समीक्षा गर्ने बिन्दुमा आइपुग्दा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौती रहेको बताए। उनले अर्थतन्त्रमा देखिएको चुनौतीलाई सुधार गर्नका लागि खर्च कटौतीका निम्ति, मितव्ययिताका निम्ति कृषि विकास बैंकको व्यवस्थापनको समेत साथ पाउने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *