ठूलो संख्याको राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्रसहित विमानस्थलबाट दुई जना पक्राउ

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुरको ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन्।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि ब्यागेज एरियामा एक्स-रे गर्ने क्रममा लगेजबाट शंकास्पद रूपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो। थप सोधपुछको क्रममा ती राहदानीहरू रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लैजान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरू र उनीहरूको साथबाट बरामद भएको राहदानीहरूको विवरण फरक परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर