
उद्देश्य राम्रो लागेर नागरिक उन्मुक्ति प्रवेश गरेँ : एलिजा गौतम


कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छन्। शनिबार बुटवलमा एक कार्यक्रमका बीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उनलाई पार्टी प्रवेश गराएकी हुन्।
गौतमले उद्देश्य राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताइन्। सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आबद्ध हुन पुगेको बताइन्।
‘यो पार्टीको उद्देश्य एकदमै राम्रो छ। उहाँहरूले गरिरहेको गतिविधिबाट म अत्यन्तै प्रभावित भएँ,’ गौतमले भनिन्, ‘मेरो पनि उद्देश्य बच्चादेखि वृद्धसम्मलाई लिएर उनीहरूको शिक्षा, स्वास्थ्यलाई लिएर म ध्यानाकर्षणमा राखिराखेको हुन्थेँ। मेरो मिसनलाई पूरा गर्न पनि अब सहज हुने भयो यो पार्टीमा आएपछि।’
प्रतिक्रिया