यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका

निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ओयोगले सो जानकारी गराएको हो। त्यस्तै आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए। उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए।

उनका अनुुसार राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दाबी, विरोध, उजुरी लगायतका कामहरू १० र ११ गते, निवेदन तथा उजुरीउपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका रहेको छ।

त्यस्तै आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने १३ गते रहेको बताएको छ भने मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गतेकोे कार्यतालिका रहेको पनि जनाएको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने १६ गते साँझ हुने र मतदान २५ गते सम्पन्न गर्ने कार्यतालिका रहेको प्रवक्ता पौडेलले जानकारी दिए।

त्यस्तै उपराष्ट्रपतिको निर्वाचन फागुन ३ गते हुने भएको छ, जसका लागि मनोनयनपत्र दर्ता फागुन २७ गते, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै रहेको छ। त्यस्तै उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ।

उनले आयोगले संविधानको स्पिरिटलाई समातेर ५ वर्षको अवधि नघट्ने गरी तादम्यता मिलाउनका लागि आयोग लागेको बताए। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिका समेत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर