स्वास्थ्यमा कुनै कम्प्रोमाइज नगर्नुस् : राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधीहरूको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन्। मंगलबार औषधी व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो बताएकी हुन्।

उनले फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरू, कस्मेस्युटिकल प्रोडक्ट्सहरू बजारमा आउनुभन्दा अघि डीडीएमा देखाउनुपर्ने, औषधी विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताइन्।

उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरूको आफूखुशी प्रयोग हुने र औषधीहरू पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन्। उनले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्प्रोमाइज गर्न नहुने बताइन्।

उनले देशभित्रै औषधीहरूको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यससम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गरिन्।

राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्ने कुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *