प्रधानसेनापति शर्मा र यूएईका राजदूतबीच भेटघाट

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला बिन जरवान अल शम्सीबीच भेटवर्ता भएको छ।

सैनिक मुखयालय जंगीअड्डामा उनीहरूबीच मंगलबार भेटवार्ता भएको हो।

प्रधानसेनापतिकाे कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *