बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन गगन थापाको माग

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरूले किसानलाई मर्कामा पारेको भन्दै बैंको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन्। उनले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरूकृषि मन्त्रालयमा पुगेर रोइरहेको बताए।

उनले बैंकहरूबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरेबापत पाउने ५८ करोड क्षतिपूर्ति तत्काल दिन पनि माग गरे। उनले किसानहरूले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताए।

त्यस्तै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पछिल्लो समय मानिसहरू आत्मदाह गर्ने बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरे। उनले मानिसहरूले सामान्य जीवन चलायन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलायन सहज बनाउने बताए।

उनले पछिल्लो समय मुलुकभर आत्महत्या र आत्मदाह गर्ने मानिसहरूको संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *